समायोजन भएका कर्मचारी फिर्ता नर्गन स्थानीय तहलाई स्वास्थ्य मन्त्रालयको पत्र
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यका कर्मचारीलाहरुलाई साबिक बमोजिम हाजिर गराउने व्यवस्था मिलाउन आग्रह गरेको छ ।मन्त्रालयले सबै स्थानीय तहलाई पत्राचार गरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको परिपत्र अनुसार नै कर्मचारी ब्यवस्थापन गर्न अनुरोध गरेको छ।
’समायोजन भएका कर्मचारीहरूको व्यवस्थापन सम्बन्धी मूल परिपत्र समेतलाई ध्यानमा राखी प्रचलित कानूनी व्यवस्था बमोजिम समायोजन भएका कर्मचारीहरूलाई कानूनी व्यवस्था प्रतिकूल हुने गरी फिर्ता गर्ने कानूनी आधार नभएकोले निजहरूलाई साबिक बमोजिम हाजिर गराई व्यवस्थापन गर्नुहुन मन्त्रीस्तरको निर्णयानुसार अनुरोध छ।’ मन्त्रालयले पठाएको पत्रमा भनिएको छ।

स्वास्थ्य मन्त्रालयले साउन १ देखि स्थानीय तहहरूको दोहोरो सहमतिका आधारमा कामकाजमा खटाईएका कर्मचारीहरुमध्ये स्वीकृत दरबन्दी भन्दा बढी भएका स्वास्थ्यका कर्मचारीहरूलाई तत् तत् स्थानीय तहमा काज फिर्ता गर्ने निर्णय गरेको थियो।
यहि खालको परिपत्र सामान्यले २ साउनमा सबै स्थानीय तहलाई पठाइसकेको छ। यस्तै सबै विभाग र अस्पतालहरूलाई पत्राचार गर्दै मन्त्रालयले स्वास्थ्य सेवा तथा निजामती सेवा तर्फका सम्पूर्ण कर्मचारीहरू नेपाल सरकारले निर्धारण गरेको कार्यालय समयमा कार्यालयमा उपस्थित रहे नरहेको सम्बन्धमा कार्यालय प्रमुखबाट नियमित रुपमा अनुगमन तथा निरीक्षणगर्न समेत भनेको छ ।
साथै मन्त्रालयबाट समेत समय समयमा अनुगमन तथा निरीक्षण हुने बताइएको छ। फिर्ता पठाउँमा समेत जान नमान्ने कर्मचारीलाई काजमा खटिएको कार्यालयमा हाजिरी गर्न रोक लगाइएको छ ।
Share on Twitter