एनआरएनए क्यानडाको सदस्य पदमा पूर्व सञ्चारकर्मी ज्ञवालीको उम्मेदवारी घोषणा
क्यानडा । युवा व्यवसायी कमल ज्ञवालीले गैरआवासाीय नेपाली संघ (एनआरएनए) क्यानडाको सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । जुलाई ३० मा हुने निर्वाचनमा क्यानडाको ब्राम्टन क्षेत्रबाट उमेदबार बन्ने घोषणा गरेका हुन् ।
एक हजार ४६ जना मतदाता रहने निर्वाचनमा चारजना सदस्य पदमा विजयी हुनेछन् । अहिले सम्म ७ जनाले उमेदवारी घोषणा गरेका छन् । ज्ञवाली पेशाले रियल्टर र ड्राइभिङ इन्सटक्टर हुन् ।
विगत ९ वर्षदेखि एनआरएनएसँग जोडिएर क्यानडमा रहेका नेपालीहरुलाई सहयोग गर्दै आएका ज्ञवालीले नेपाली नेपालीहरुविच भातृत्व बढाउन, एनआरएनएलाई गतिशिल र पारदर्शी बनाउन आफुले सदस्य पदमा उम्मेदवारी दिएको बताए । अहिलेसम्मका योगदान र ब्यक्तिगत दक्षतालाई हेर्दै क्यानडाका ब्रमन्टनबासी नेपाली समुदायले आफूलाई साथ दिने उनको विश्वास छ ।
उनले सदस्यका रूपमा आफ्नो दुई वर्षे कार्यकालमा काम गर्नका लागि योजना समेत तयार पारिसकेको भन्दै केही समयपछि त्यसलाई सार्वजनिक गर्ने बताए ।पश्चिम नेपालको गुल्मीमा जन्मेका ज्ञवाली पूर्ब सञ्चारकर्मी समेत हुन् ।
Share on Twitter