बालकृष्ण खाँणलाइ पार्टीबाट निलम्बन गर्न देउवामाथी दवाब
काठमाडौं: पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाइ पार्टीबाट निलम्बन गर्न देउवामाथी दवाब बढेको छ । केन्द्रीय समितिको बैठकमापनि यो बिषयले प्रवेस पाएको छ ।
संस्थापन पक्षले खाँणलाई जोगाउनुपर्ने आसय व्यक्त गरेका थिए तर आजको बैठकमा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले खाँणलाइृ निलम्बन गर्नुपर्ने बताएका हुन् । ‘बालकृष्ण खाँणलाई अदालतले पूर्पक्षका लागि थुनामा पठाएको छ ।
सभापति ज्यू, हाम्रो द्धिविधा अचम्मकै छ,’ शिवाकोटीले बैठकमा भने, ‘खाँणप्रति अन्याय भयो भन्ने हो भने यो सरकारबाट हट्नुप¥यो । होइन भने आरोपीलाई पार्टीबाट निलम्बन गर्नुपर्छ कि पर्दैन ?’ भ्रष्टचारको विषयमा बैठकबाट पनि भ्रमपूर्ण सन्देश प्रवाह हुन नहुने बताएका छन् । ‘सरकार र साथी मध्ये के रोज्ने हो यो बैठकले टुंगो लगाउनुपर्दछ,’ शिवाकोटीले भने । यसअघि बुधबारको बैठकमा लक्ष्मी खतिवडा र राधा घले खाँणको पक्षमा बोलेका थिए ।
Share on Twitter