सभापतिलाई कमजोर बनाएर पार्टी बन्दैन : सीतादेवी देवकोटा
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीतादेवी देवकोटाले पार्टीलाई मजबुत बनाउन लाग्नुपर्ने बताएकी छन् । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा उनले एक अर्कालाई दोष लगाएर पार्टी नबन्ने तर्क गरिन ।
उनले पार्टी सभापतिलाई कमजोर बनाएर पार्टी बलियो नहुने बताइन । उनले भनिन् ‘सभापति व्यक्ति होइन, संस्था हो । सभापतिलाई गालि गर्ने छुट कसैलाई छैन । सभापतिलाई कमजोर बनाउँदा पार्टी कमजोर हुनसक्छ ’
Share on Twitter