सदस्य बढाउन कांग्रेसले अभियान चलाउने
काठमाडौं : नेपाली कांग्रेसले ‘घरघर जाउँ, पार्टी सदस्य बनाउँ’ अभियान सञ्चालन गर्ने भएको छ ।
पार्टी कार्यालय, सानेपामा मंगलबार सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री गगनकुमार थापाले २० साउन २०८० देखि ३१ असार २०८१ सम्म अभियान चलाउने प्रस्ताव राखेका हुन् ।नयाँ पार्टी सदस्य बढाउने लक्ष्यका साथ कांग्रेसले यो अभियान चलाउन लागेको हो।
अभियानमार्फत एक वर्षभित्र ५ देखि ७ लाख नयाँ सदस्य थप्ने लक्ष्य रहेको महामन्त्री गगन थापाले बताए। मंसिर–पुस २०७८ मा भएको १४ औं महाधिवेशनको समयमा कांग्रेसमा ८ लाख ६६ हजार क्रियाशील सदस्य थिए ।
Share on Twitter