कांग्रेसको बैठकमा २१ पृष्ठको प्रस्ताव
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भोली पनि बस्ने भएको छ । आज पहिलो दिनको बैठकमा महामन्त्री गगन थापाले २१ पृष्ठ लामो प्रस्ताव पेश गरेका थिए ।
एक वर्षपछि बोलाइएको केन्द्रीय समितिको बैठकका लागि १० वटा एजेन्डा तय गरिएको थियो । यसैबीच बैठकमा महामन्त्री गगन थापाले पार्टीको विधान कार्यान्वयन र पार्टी सुदृढीकरणका सन्दर्भमा २१ पृष्ठको प्रस्ताव पेश गरेका छन्।
१५ दिन भित्र सबै विभागहरुको गठनलाई पूर्णता दिने, २२ वटा विभागहरु थप गर्नेलगायतका बिषय प्रस्तावमा छ । बैठक भोलि बिहान ११ बजे पुनः बस्ने छ ।
Share on Twitter