कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दै छ । दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकको लाइभ गर्ने तयारी भइरहेको छ ।
पार्टीको आधिकारिक फेसबुक पेजबाट बैठकको लाइभ गर्नका लागि प्राविधिक तयारी थालिएको कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकरी दिए ।
एजेन्डा तय गर्न सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकका क्रममा सभापति शेरबहादुर देउवाले लाइभ गर्ने प्रस्ताव गरेका थिए । सोही अनुसार तयारी थालिएको बताइएको छ ।
सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले केन्द्रीय कार्य समिति बैठकका लागि १० वटा एजेण्डा तय गरेको हो ।
यस्तो छ कांग्रेसको एजेण्डा :
१. समसामयिक विषय ।
२. सांगठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव ।
३. कार्यसम्पादन समिति बैठकबाट यसअघि भएका निर्णयहरु अनुमोदन ।
४. पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत ।
५. नीति अधिवेशन सम्बन्धी प्रस्ताव ।
६. विभाग गठनसम्बन्धी प्रस्ताव ।
७. एउटा अभियान घोषणासम्बन्धी प्रस्ताव ।
८. अनुशासन समितिको प्रतिवेदनसम्बन्धी प्रस्ताव
९. प्रतिनिधि सभा बैठकमा पार्टीको भूमिकाबारे संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी गराउने ।
१०. सरकारमा पार्टीको भूमिकाबारे उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले जानकारी गराउने ।
Share on Twitter