कृषि मन्त्रीद्धारा स्वर्गद्धारीमा अत्याधुनिक कृषि तथा पशुपन्छी सेवा केन्द उद्घाटन ।
स्वर्गद्धारी प्युठान । स्वर्गद्धारी नगरपालिका अन्तर्गत रहेको कृषि तथा पशुपन्छी सेवा केन्द्र उद्घाटन गरिएको छ ।
एक समारोहका बिच नेपाल सरकारका कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारीले उद्घाटन गर्नुभएको हो ।
उन्नत जातको विउ प्रशोधन,तरकारी तथा फलफुल उत्पादन , दुग्धजन्य उत्पादन,चैते धानमा विषेश जोड दिई कृषक बर्गले लाभ लिन तथा आत्मनिर्भर बन्न मन्त्री अधिकारीले सझाउनु भयो ।
लुङ्ग्री माडी सिचाई आयोजना खर्चिलो भएको भन्दै उहाँले कृषि तथा पशुपन्छी मन्त्रालयले उर्जा जलस्रोत तथा सिचाई मन्त्रालय संगको संमन्वयमा माडि नदिको पानी लिफ्टमा सिचाई समेत सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नूभयो ।
कार्यक्रममा वोल्दै राष्टिय योजना आयोगका पूर्व उपाध्यक्ष एवंम नेपाली काङ्गेस केन्द्रीय सदस्य डा. गोविन्दराज पोख्रेलले पूर्वाधार विकासले गर्दा खेतियोग्य जमिन खुम्चदै गएको र माटो परिक्षण नगरि खेति गर्नाले उत्पादन समेत कम हुने गरेकोमा माटोको परिक्षण गरि माटो सुहाउदो उत्पादनमा जोडदिनुभयो । उहाँले जनतालाई प्रत्यक्ष अनुभुती हुने खालका कार्य गर्न सकेमात्र जनप्रिय हुन सकिने भन्दै जनप्रतिनिधीलाई सधै लोकहितमा लाग्न आग्रह गर्नुभयो ।
स्वर्गद्धारी नगरपालिकाका मेयर टेकराज भण्डारीले कृषकलाई उत्पादनमा आधारित अनुदान दिदै आएको र जुनसुकै कृषि उत्पादनको न्युनतम मुल्य निर्धारण गरी नगरपालिकाले नै खरिद गदै उत्पादन सहजिकरण गर्दै आएको बताउनुभयो ।
कृषि तथा पशुपन्छी मन्त्रालय र विश्व बैकको लगानीमा २ करोड ४४ लाखमा भवन तथा ३० लाख बराबरको आधुनिक उपकरण र प्रयोगशाला निर्माण भएको ग्रामिण उद्यम तथा आर्थिक विकास परियोजना बुटवलका प्रमुख डा. उत्तम आचार्यले जानकारी दिनुभयो । उहाँले देशभर ५४ र जिल्लाका ३ पालिकामा यस्ता भवन निर्माण भएको समेत जनाउनु भयो ।
सरुमारानी गाउँपालिकाको बड्डाँडामा रहेको ऐरावती सहकारीको अनुगमन तथा निरिक्षण गर्दै मन्त्री अधिकारीले अदुवा तथा बेसार प्रशोधनको प्रशंसा समेत गर्नुभयो । यसै अवसरमा उहाँले प्युठानको प्रशिद्ध धार्मिक स्थल स्वर्गद्धारीको समेत भर्मण गर्नुभएको थियो ।
Share on Twitter