सागर डिस्ट्रिलरीलाई साधारण सेयर बिक्रीको अनुमति
काठमाडौं । उत्पादन तथा प्रशोधन समूहतर्फ सागर डिस्ट्रिलरी लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले साधारण सेयर बिक्रीका लागि अनुमति दिएको छ । चालु आर्थिक वर्ष लागेसँगै बोर्डले पहिलोपटक सो कम्पनीलाई साधारण सेयर बिक्रीको अनुमति दिएको हो ।
बोर्डले सो कम्पनीलाई कूल १४ करोड ५२ लाख बराबरको १४ लाख ५२ हजार कित्ता साधारण सेयर बिक्रीका लागि अनुमति दिएको हो । सो कम्पनीको सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । बोर्डका अनुसार सो कम्पनीलाई सोमबार साधारण सेयर बिक्रीका लागि अनुमति दिइएको हो ।
साधारण सेयर बिक्रीका लागि कूल ७६ कम्पनी प्रतिक्षामा छन् । तीमध्ये ३७ वटा जलविद्युत् कम्पनी रहेका छन् । होटेल तथा पर्यटनतर्फ चार, विकास बैंक र फाइनान्स कम्पनी एकरएक वटा छन् ।
लगानी कम्पनीतर्फ तीन, उत्पादन तथा प्रशोधनतर्फ १८, माइक्रो इन्स्योरेन्सतर्फ तीन कम्पनी साधारण सेयर बिक्रीका लागि अनुमतिको प्रतिक्षामा छन् ।
Share on Twitter