घोराही महोत्सवमा दर्शकको घुईँचो, कलाकार संगै झुम्दै

घोराही । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा घोराही झिगौरामा संचालित महोत्सवमा दर्शकको घुईँचो लागेको छ ।
‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखि अर्थतन्त्रको निकास’ भन्ने मूल नारासाथ आयोजना गरिएको ‘छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१’ बुधवार गायका कुलेन्द्र बिश्वकर्मा,एलिना चौहान राधिका,हमाल, देबेन्द्र बस्नेत, शक्ती चन्द, संचिता शाही, देबि बस्नेत, बिशु सेर्पाईली, विष्णु सुनार, उषा दशौदी, राशी रिजाल लगायतका कलाकारहरूले प्रस्तुति राखे ।
महोत्सवमा बुधवार १५ हजार बढि दर्शकले महोत्सवका अवलोकन गरेको दाङ जिल्ला उद्योग वाणिज्य संघका सचिव विकास वलीले जानकारी दिए । महोत्सवमा प्रवेशका लागि प्रतिव्यक्ती १ सय, विद्यार्थीहरुलाई परिचयपत्रको आधारमा ८०, अशक्त, अपाङ्ग, जेष्ठ नागरिकहरुलाई निशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ । महोत्सवमा कृषी, पर्यटन तथा व्यवसायिक गरि ४ सय बढि स्टलहरु रहेका छन् । महोत्सवमा २ लाख दर्शकहरुले अवलोकन गर्ने र २० करोडको कारोबार गर्ने लक्ष्य रहेको छ ।
बिहीवार पशुपति शर्मा र प्रिति आले
महोत्सवमा बिहीवार पनि चर्चित कलाकारहरूको प्रस्तुति रहने छ । बिहीवार गायक पशुपति शर्मा, गायिका प्रिति आले, एम।टि महर, प्रकाश रेग्मी, पिताम्बर रिजाल, बविता धिताल, गाैतम चौधरी लगायतको प्रस्तुति रहने आयोजक मूल समितिका संयोजक वसन्त जोशीले जानकारी दिए ।