चितवनको भरतपुर अस्पतालले लियो ५६ करोड बीमा दाबी भुक्तानी
चितवन:चितवनको भरतपुर अस्पतालले गत आर्थिक वर्ष २०८०र८१ मा सरकारबाट स्वास्थ्य बीमा दाबी भुक्तानीवापत ५६ करोड १६ लाख ८८ हजार ७५९ रुपैयाँ लिएको छ ।
अस्पतालका बीमा कार्यक्रम इन्चार्ज लिलाधर पौडेलले आर्थिक वर्ष २०७९र८० मा ५२ करोड ५० लाख रुपैयाँ बीमा भुक्तानी लिएको जानकारी दिए ।अस्पतालमा एकै दिन बीमाका औसत १५ सय र आकस्मिक औसत ८० वटा टिकट काट्ने गरिएको पौडेलले बताए ।
अस्पतालमा सरदर दैनिक ३० जना बिरामी भर्ना हुने गरेका छन् । पौडेलका अनुसार गत असोज ४ गते सबैभन्दा धेरै ओपीडीमा ३ हजार २ जना बिरामीले टिकट काटेकोमा त्यसमध्ये बीमाका मात्रै २१ सय ४३ जना रहेका थिए ।