नाडा अटो शो २०२५ ले १० लाख रोजगारी सिर्जना गर्ने
काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शो-२०२५ सुरु भएको छ, जसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन्।
अध्यक्ष करण चौधरीले अटो शोले अटोमोबाइल व्यापारको ४० प्रतिशत हिस्सा ओगट्ने र १० लाख रोजगारी सिर्जना गर्ने बताए।
यस वर्षको शोमा ह्युमनोइड रोबोट र उड्ने कार प्रदर्शनीमा राखिएका छन्, र यो प्रदर्शनी ६ दिनसम्म चल्नेछ।
काठमाडौँ । नाडा अटो शो-२०२५ सुरु भएको छ । मंगलबार काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा नाडा अटो शोको यो वर्षको संस्करण सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले शोको उद्घाटन गरेका छन् ।
कार्यक्रममा एशोसिएसनका अध्यक्ष करण चौधरीले यो अटो शोले कुल अटोमोबाइल्स व्यापारको ४० प्रतिशत हिस्सा ओगट्ने भन्दै यो एउटा प्रदर्शनी मात्रै नभएर व्यापारिक केन्द्र भएको बताए ।
Share on Twitter