स्वास्थ्य प्रतिकुलताका कारण प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम आज नहुने
प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यका कारण आज संसद बैठकमा उपस्थित नहुने भएका छन्।
एमाले प्रमुख सचेतक महेश बर्तौलाले स्वास्थ्य समस्याका कारण प्रधानमन्त्री बैठकमा उपस्थित नहुने जानकारी दिए।
प्रधानमन्त्रीसँगको सांसदहरूको प्रश्नोत्तर कार्यक्रम आज स्थगित भएको छ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज संसद् बैठकमा उपस्थित नहुने भएका छन् । स्वास्थ्य प्रतिकुलताको कारण उनी बैठकमा उपस्थित नहुने एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा बर्तौलाले ‘स्वास्थ्यका कारण सम्माननीय प्रधानमन्त्री प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि आज संसद् बैठकमा आउन नसक्ने’ जानकारी गराएका थिए । यससँगै प्रधानमन्त्रीसँगको सांसदहरुको प्रश्नोत्तर कार्यक्रम आज नहुने भएको छ ।
Share on Twitter