नेपाली उत्पादनको प्रबर्धनकालागि युरोपमा नेपाली ब्यवसाय संघ दर्ता

काठमाडौं:युरोपमा व्यवसाय गर्ने नेपालीहरु संगठित भएका छन् । उनहरुको संगठनले कानुनी मान्यता समेत पाएको छ । युरोपका बिभिन्न देशमा ब्यवसाय गरेर बसेका नेपाली ब्यबसायिहरुले नेपाली ब्यवसाय संघ (नेबा) युरोप, बेल्जियममा दर्ता गरेका छन् ।
अन्तरराष्ट्रिय गैर सरकारी संस्थाको रुपमा एन्टवेर्पेनको जस्टिक प्यालेसमा दर्ता भएको संस्थाका सदस्यसचिब मदन दवाडीले जानकारी दिए ।
युरोपमा नेपाली उत्पादनको प्रबर्धनकालागि संगठित भएको दवाडीले बताए । संस्थाको संस्थापक संचालकहरुमा यामु निरौला संयोजक र मदन दवाडी सदस्यसचिब रहेका छन् भने बेल्जियमबाट भिम जोशी ,खड्क केसी,बिपन गुरुङ,भिम सुबेदी, किसन केसी सदस्य रहेका छन्
यता नेदरल्याण्डबाट हिमाल गुरुङ र मनोहरि शर्मा,सुमन काफ्ले र पदम क्षेत्री सदस्य छन् । यस्तै लक्जेम्बर्गबाट हरि बहादुर खत्री,बालकृष्ण सापकोटा ,जित थापा ,रमाकान्त सापकोटा सदस्य रहेका छन् । डेनमार्कबाट मुक्ति श्रेष्ठ पदेन सदस्य रहनु भएकोछ ।