१० वटा मेडिकल कलेज र २ वटा आँखा अस्पताललाई बीमा कार्यक्रम सञ्चालन स्वीकृति

काठमाडौं:स्वास्थ्य बीमा बोर्डले थप १० वटा मेडिकल कलेज र २ वटा आँखा अस्पताललाई सेवा सूचीकृत गरेको छ ।
काठमाडौं मेडिकल कलेज टिचिङ हस्पिटल सिनामंगल, मनमोहन मेडिकल कलेज शिक्षण अस्पताल सितापाइला, नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटी, बीएण्डसी मेडिकल कलेज शिक्षण अस्पताल झापा, नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल बिराटनगर, बिराट मेडिकल कलेज शिक्षण अस्पताल बिराटनगर, चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुर, देवदह मेडिकल कलेज खैरनी रुपन्देही, नेपालगञ्ज मेडिकल कलेज बाँके र किष्ट मेडिकल कलेज टिचिङ हस्पिटल ग्वार्कोले आगामी आर्थिक वर्षबाट लागु हुनेगरी बीमा कार्यक्रम सञ्चालन गर्न पाउने बोर्डका अध्यक्ष डा गुणराज लोहनीले जानकारी दिए ।
यस्तै दिव्यज्योति आइ केयर झापा र दृष्टि आइ अस्पताल पोखराले पनि बिमा कार्यक्रम सञ्चालन गर्न पाउने जनाइएको छ ।