एशियन फर्माको 'भाल्प्रोट' र बहुराष्ट्रिय कम्पनीको औषधिको गुणस्तर र प्रभावकारीता उस्तै
काठमाडौं:नेपाली औषधि उत्पादन उद्योग एशियन फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको औषधि र अन्तर्राष्ट्रिय औषधिको गुणस्तर बराबर भएको एक अध्ययनले देखाएको छ ।
मानसिक रोगको बाइपोलार डिसअडर र छारेरोगमा प्रयोग हुने ‘भाल्प्रोट ५०० एक्सआर’ (सोडियम भल्प्रोएट र भल्प्रोइक एसिड) अन्तर्राष्ट्रिय औषधिसँग तुलना गरी अध्ययन गर्दा त्यसको गुणस्तर समान पाइएको हो । सन् २०२३ मा गरेको अध्ययनबाट एशियन र इन्नोभेटर ब्राण्डबीच औषधिको प्रभावकारिता तथा गुणस्तर मापन गर्दा उस्तै देखिएको काठमाडौँ विश्वविद्यालय फार्मेसी विभागका सहप्रध्यापक रजनी शाक्यले बताईन् ।
नेपाल स्वास्थ्य अनुसन्धान परिष्दको स्वीकृतिमा काठमाडौं विश्वविद्यालयको फार्मेसी विभागले एशियनको भाल्प्रोट र अर्को एक औषधिबीच बायोइक्युभ्यालेन्स अध्ययन गरेको थियो। १८ देखि ६० वर्ष उमेरका १५ जना स्वस्थ व्यक्तिमा उक्त औषधिको अध्ययन गरिएको थियो।अध्ययनका क्रममा १५ जनालाई दुई समूहमा विभाजन गरिएको थियो।
पहिलो चरणमा एउटा समूहका व्यक्तिलाई एशियनको औषधि र अर्को समूहको व्यक्तिलाई अर्को विदेशी कम्पनीको औषधि दिइएको थियो। औषधि दिएपछि उनीहरुको शरीरबाट औषधि खाएको आधा घण्टापछि ७२ घण्टाभित्रमा १४ पटक रगत लिएर परीक्षण गरिएको थियो। सो क्रममा अध्ययनमा सहभागी व्यक्तिलाई २४ घण्टा अस्पतालमै र ७२ घण्टा चिकित्सकको निगरानीमा राखिएको थियो।
त्यसपछिको ७ दिनपछि सोही प्रक्रियाबाट पहिला एशियन फर्मास्युटिकल्सको औषधि लिएकालाई अर्को कम्पनीको औषधि र यसअघि अर्को कम्पनीको औषधि लिएकालाई एशियन फर्मास्युटिकल्सको औषधि खुवाइएको थियो। त्यसपछि फेरी सोही ७२ घण्टासम्म रगत निकालेर केयूकै प्रयोगशालामा परीक्षण गरिएको थियो। परीक्षणका क्रममा नेपालमा प्रयोगमा रहेको अन्तर्राष्ट्रिय औषधि र एशियन फर्मास्युटिकल्सले उत्पादन गरेको औषधिमा बराबर गुणस्तर पाइएको शाक्यले जानकारी दिइन् ।
एशियन फर्मास्युटिकल्सले केयुको अध्ययन् रिपोर्टलाई उदृत गर्दै आफ्ना औषधि कुनै पनि विदेशी फार्मास्युटिकल्स कम्पनीको औषधि बराबरा गुणस्तरीय रहेको भन्दै भाल्परोट ५०० ह्च् (भाल्परोट र भाल्परिक एसिड) सर्वसुलभ मूल्यमा नेपालभर उपलव्ध भएको उल्लेख गरेको छ ।रुपन्देहीमा फ्याक्ट्रि रहेको एशियन फर्मास्युटिकल्स २६ वर्ष देखि औषधि उत्पादन गरिरहेको छ ।
Share on Twitter