एभरेष्ट प्यारेनट्रल्स र उपदेश हर्वलका केही औषधि न्यून गुणस्तरका
काठमाडौं:एभरेष्ट प्यारेनट्रल्स र उपदेश हर्वलबाट उत्पादित औषधिको गुणस्तर न्यून रहेको पाइएको छ । औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा संकलन गरिएका औषधिका नमूना राष्ट्रिय औषधि प्रयोगशालाबाट परीक्षण गर्दा यी दुई कम्पनीका औषधिहरु न्यून गुणस्तरको भेटिएको हो ।
एभरेष्ट प्यारेनट्रल्स प्रालिले उत्पादन गरेको व्याच नं एलसीएल १६५ को ल्यासेक्टोरेष्ट इरोपोर्ट (कम्पाउण्ड सोडिएम ल्यालेक्ट इन्जेक्सन आई पी) प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरको भेटिएको हो ।
यस्तै उपदेश हर्बल उद्योगले उत्पादन गरेको सी ०७९३६ ब्याचको ग्यास्ट्रिक निखार चुर्ण १०० ग्राम वालामा समस्या देखिएको हो विभागले दुबै कम्पनीका यी औषधि तथा औषधिजन्य सामग्रीहरुको बिक्री बितरण तत्काल रोकी बजारबाट उठाउन कम्पनीहरुलाई निर्देशन दिएको छ ।

Share on Twitter