फर्मा एक्स्पोको आकर्षण म्यागनस फर्मा
काठमाडौं:चितवनको भरतपुरमा शुक्रबारदेखि तीनदिने नवौँ फर्मा एक्स्पो सुरु भएको छ। नेपालमा औषधि उत्पादन र यसको व्यावसायिक प्रवर्द्धन तथा विकासको लागि नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा एस्क्पो सञ्चालन गरिएको हो ।
एक्स्पोमा नेपाल, भारत, सिंगापुर, बंगलादेश, अमेरिका, जर्मन, चीनलगायत नौ देशहरूले उत्पादनमा प्रयोग गर्ने उपकरण, ल्याब (प्रयोगशाला) कच्चापदार्थ र नेपाली औषधि उद्योगले उत्पादन गर्ने औषधिसहित १६० वटा स्टल राखिएको छ । तर प्रवेशद्वार नजिकै रहेको म्यागनस फर्मा प्रालिको सेट अप भने अरूभन्दा फरक देखिएको छ ।

नेपालको कला संस्कृति झल्कने सेट अप सबैको नजरमा परेको छ । म्यागनस फर्मा प्रालिका प्रडक्ट एक्जुकेटिभ निश्चल जोशी भन्छन् ‘यो एक्सपोमा नेपाली मात्र होइन विदेशीहरु पनि सहभागी छन् । उनीहरूलाई नेपालको कला संस्कृतिबारे थोरै भए पनि झल्को दिन यो सेट अप बनाइएको हो । नेपालका मन्दिरहरूको यो सेटले झल्को दिन्छ । केही केही आफ्नोपन दिन हामीले यो योजना बनाएका हौँ ’

उनले आफ्नो देशका बारे केही न केही झल्को दिँदा पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे । अवलोकनकर्ताहरूबाट पनि सकारात्मक प्रतिक्रिया आएको उनले सुनाए । साथै उनले यस्तो एक्पोले अनुभव आदानप्रदान गर्न ठुलो सहयोग पुगेको बताए ।

आफूहरूको उत्पादनको प्रतिक्रिया पाउन समेत सहज भएको उनले बताए । म्यागनस फर्मा प्रालिले साईक्याट्रिक , कार्डियाक , डाइवेटिज, न्युरो , लगायतका समस्यामा प्रयोग हुने क्याप्सुल र ट्याब्लेट औषधी बनाउँदै आएको छ ।
एक्स्पोको उद्घाटन शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव विकास देवकोटाले गरेका हुन् ।एक्स्पो भोली आईतबार समान हुँदै छ ।

Share on Twitter