डा. केशव पौडेलद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
काठमाडौं:गैर–आवासीय नेपाली सङ्घका पूर्व महासचिव डा. केशव पौडेलले विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेका छन् ।
तनहुँको व्यास नगरपालिका १ भादगाउँमा रहेको जलदेवी माध्यामीक विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेका हुन् ।
विद्यालयका ४० जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको उनले जानकारी दिए । विद्यार्थीहरू चिसोले कठ्याङ्ग्रिएको सुनेपछि आफूले सहयोग गरेको उनको भनाइ छ ।
सहयोग गर्न पाउँदा खुसी लागेको उनले बताए । विद्यालय परिवारले उनलाई धन्यवाद समेत दिएको छ
Share on Twitter