नेपाल फर्मा एक्स्पोको नवौं संस्करणपनि चितवनमै
काठमाडौं नेपाल फर्मा एक्स्पोको नवौं संस्करणपनि चितवनमै हुने भएको छ । नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा हरेक दुई दुई बर्षमा हुँदै आएको एक्सपो यो पटक पनि चितवनको भरतपुरमा हुने भएको छ ।
मार्च ८ देखि १० सम्म (२०८० फाल्गुन २५ देखि २७) सम्म आयोजना हुने एक्स्पोमा ३० हजारभन्दा धेरै मानिसले भ्रमण गर्ने अपेक्षा राखिएको औषधि उत्पादक संघ(एप्पोन)का उपाध्यक्ष समेत रहेका फर्मा एक्स्पोका मिडिया को–अर्डिनेटर सन्तोष बरालले जानकारी दिए ।
औषधि उत्पादन प्रयोगमा ल्याइएका नयाँ प्रविधिलाई एक्स्पोमा देखाइने छ। एक्स्पोमा नेपालमा औषधि उद्योगको दिगोपन र वृद्धिको अगुवाईलाई मुख्य नारा बनाइएको छ। एक्स्पोमा १ सय ५० भन्दा बढी स्टल रहने र जसमध्ये नेपाल, भारत, सिंगापुर, बंगलादेशका प्रदर्शन बढी हुने बताइएको छ ।
प्रत्येक दुई वर्षमा आयोजना गरिने यस एक्स्पो नेपालका औषधि उद्योगलाई अगाडि बढाउनको लागि समर्पित रहेको आयोजकले दाबी गरेको छ । एक्स्पोबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एपोनका अध्यक्ष महेश प्रधानले नेपालका औषधि उद्योगलाई अगाडी बढाउनका लागि समर्पित भएको बताए । ‘नेपाली औषधि उत्पादनको स्वदेशी हिस्सा ५० प्रतिशत छ भनिएपनि छिट्टै हामी यसलाई बढाएर ८० प्रतिशत भनाउन चाहान्छौं ।’ प्रधानले भने ।
एक्स्पोका संयोजक रहेका एपोनका बरिष्ठ उपाध्यक्ष प्रभात रुंगाटाले औषधि क्षेत्रको ज्ञान आदानप्रदान, सहकार्यले यस क्षेत्रको बृद्धि र विकासको लागि नवीनतम प्रयोगको रुपमा रहने बताए । उनले सम्वन्धित सरोकारवाला, व्यवसायिकता, औषधि उत्पादन र निर्माण तथा प्रसोधन, औषधिमा प्रयोग हुने सामग्री प्याकेजिङ, मेसिनरी ल्याव, एनालिटिकल, ओइएम, आउटसोर्सिङ रहने बताए ।
एक्स्पोमा एल्माक प्याकेज प्रालि प्लाटिनम स्पोन्सर, एचभीएएक्स मेसिनरी प्रालि र प्यासिफिक लिमिटेड डाइमन्ड स्पोन्सर, एनपीएम मेसिनरी प्रालि गोल्ड स्पोन्सरको रुपमा रहेका छन्। एक्स्पोमा ३० हजार भन्दा बढी मानिसको उपपस्थिति रहने अपेक्षा गरिएको छ।
Share on Twitter