दिक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी बनाउने त्रिवि को विश्व कीर्तिमान
काठमाडौं:त्रिभुवन विश्वविद्यालयले दिक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर विश्व कीर्तिमान बनाएको छ ।
सोमबार दशरथ रंगशालामा आयोजित त्रिविको ४९औं दीक्षान्त समारोहमा १२ हजार ४सय १५ विद्यार्थी दीक्षित भएका जनाइएको छ ।
विश्वविद्यालयको दीक्षान्त समारोहमा भौतिक रूपमा उपस्थित सबैभन्दा धेरै संख्या भएपछि कीर्तिमान कायम भएको हो । अफिसियल वर्ल्ड रेकर्ड एशोसिएशन (ओडब्ल्यूआर) ले त्रिभुवन विश्वविद्यालयलाई कीर्तिमानको प्रमाणपत्र समेत दिएको छ ।
Share on Twitter