११ जना नेपाली केयरगिभर इजरायल उडे
काठमाडौं:इजरायल जान रोकिएका २४ जना नेपाली केयरगिभर मध्य ११ जना नेपाली इजरायल उडेका छन् । इजरायल र गाजास्थित हमास समूहबिच युद्ध भएपछि इजरायल उड्न लागेका २४ जना केयरगिभर रोकिएका थिए ।
दुई वर्षदेखि छनौटमा परेका केयर गिभरहरूलाई इजरायल लगिँदै आएको छ। अब अन्तिम चरणमा २४ जना बाकी थिए । गत अक्टोबर ७ तारिखमा हमास समूहले इजरायलमा आक्रमण गरेको थियो।
त्यसपछि सरकारले इजरायल जान रोकेको थियो । आक्रमणका क्रममा १० जना नेपाली विद्यार्थी मारिएका थिए भने ४ जना घाइते भएका थिए।
Share on Twitter