नेपालका वैज्ञानिक डा. मेघनाथ धिमाललाई साइन्टिफिक एक्सिलेन्स अवार्ड
काठमाडौं:नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले अन्तर्राष्ट्रिय अवार्ड पाएका छन् ।
वातावरणीय स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै इन्टिच्युट अफ ट्रपिकल मेडिसिन बेल्जियमले धिमाललाई साइन्टिफिक एक्सिलेन्स अवार्ड प्रदान गरेको हो।
वातावरणीय स्वास्थ्यका अनुसन्धानर्ता धिमालका सयभन्दा बढी अन्तर्राष्ट्रिय वैज्ञानिक लेखहरू प्रकाशित भएका छन्। मंगलबार इन्टिच्युट अफ ट्रपिकल मेडिसिन बेल्जियमको सहकार्यमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् आयोजना गरेको जलवायु परिवर्तन र स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा धिमाललाई उक्त अवार्ड प्रदान गरिएको हो।
प्राडा लुत लिनेनले सो अवार्ड डा धिमाललाई हस्तान्तरण गरेकी हुन्।
Share on Twitter