मिस गुरुङको ग्रयान्ड फिनाले शुक्रबार
काठमाडौं:सौर्न्दय प्रतियोगिता मिस गुरुङ ईन्टरनेसनल पाँचौ संस्करणको ग्रयान्ड फिनाले शुक्रबार हुँदै छ । मृगतृष्णा फेसन हाउसको आयोजना र वि. एण्ड वि. ईभेन्ट मेनिया प्रा. लि. को व्यवस्थापनमा आयोजनामा सुरु भएको यो संस्करणको फिनाले काठमाडौंको राष्ट्रिय सभा गृहमा दिउँसो दुई बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।
गुरुङ कला, भाषा, संस्कार र संस्कृतिको जगेर्ना तथा नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले पाँच वर्षदेखि मिस गुरुङ ईन्टरनेलेसनलको आयोजना कार्यक्रम भइरहेको संस्थाकी अध्यक्ष तृष्णा गुरुङले जानकारी दिइन । प्रतियोगिहरुले विभिन्न चरणमा आफ्ना प्रस्तुती दिएका छन् ।
सहभागीहरुले ट्यालेन्ट शोमा प्रदर्शन गरेको प्रस्तुतिका आधारमा प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाको दिन मिस ट्यालेन्ट घोषणा गरिने बताइएको छ । प्रतियोगिता अन्तर्गत सहभागीहरुले नृत्य, गायन, अभिनय, वाक, भाषण लगायत आफुमा रहेको प्रतिभा प्रर्दशन गरेका थिए ।
मिस गुरुङ इन्टरनेसनल पाँचौँ संस्करणमा सहभागी प्रतियोगीलाई वर्षभरि नै विभिन्न सामाजिक, सांस्कृतिक कार्यक्रममा सहभागी गराउनुका साथै फेसन शो, म्युजिक भिडियोलगायत व्यावसायिक गतिविधिमा अवसर दिने आयोजकले जनाएको छ । उपाधि विजेताले नगद पुरस्कारसहित अस्ट्रेलियामा हुने हेरिटेज फेसन शोमा सहभागी हुने अवसर पाउनेछन् ।
मिस गुरुङ इन्टरनेसनल उपाधि विजेताले पाँच लाख बराबरको पुरष्कार , मिस पपुलर अवार्ड विजेताले तीन लाख बराबर तथा फर्स्ट रनरअपले दुई लाख बराबर , सेकेन्ड रनरअपले एक लाख र मिस ट्यालेन्ट उपाधि विजेताले २५ हजार बराबरको विभिन्न पुरस्कार पाउनेछन् ।
प्रतियोगिताको अनलाइन भोटिङ पाटर्नर ओएस आर कनेक्ट रहेको छ भने प्रतियोगिता व्यवस्थापन बी एन्ड बी इभेन्ट मानियाले गरिरहेको छ ।
Share on Twitter