बिशाल राईको डेब्यु गीत 'हावै सिरिरी' सार्वजनिक ( भिडियो )
काठमाडौं : गायक बिशाल राईको डेब्यु गीत 'हावै सिरिरी' सार्वजनिक भएको छ। पूर्वेली लोक शैलीको आधारित यस गीतमा शब्द डी. पी खनालको रहेको छ। यस गीतमा संगीत संयोजन गायक, संगीतकार तथा संगीत संयोजक मनोज थापा मगरको रहेको छ।
रहरलाई उमेरले छेक्दैन भन्ने कुराको ज्वलन्त उदाहरण हुन् गायक बिशाल राई। उमेरले ५० वर्ष पार गरेका गायक राईको जोश कुनै युवाको भन्दा कम छैन।
स्टुडियो भर्सनमा सार्वजनिक भिडियोमा स्वयम् गायक राई फिचर्ड छन्। भिडियो 'मनोज थापा मगर' नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। गायक राईले आफ्नो पहिलो प्रयासलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।
Share on Twitter