६ लाख बढीले हेरे ईश्वरीको ‘माया छ की छैन’
काठमाडौं:सञ्चारकर्मी ईश्वरी बरालको गीत ‘माया छ की छैन’ यतिबेला व्यापक चर्चामा छ । अब्बल संचारकर्मीको रुपमा स्थापित बराललाई यो गीतले गायिकाको रुपमा समेत परिचय स्थापित गरेको छ ।
उनको यो गीतको वरिष्ठ गायक राजु परियार, मान्डवी त्रिपाठी लगायतका कलाकारले खुलेर प्रशंसा गरेका छन् । आफ्नै युटुव च्यानलबाट सार्वजनिक गरेको गीतलाई हालसम्म ६ लाख ४१ ह्जार भन्दा बढीले हेरेका छन् ।
बरालको स्वर तथा विपिन आचार्यको शब्द,सङ्गीतमा रहेको गीतको भिडियोमा चर्चित कलाकार आर्यन सिग्देल, सुजल बम र मोनिका बोहराको अभिनय रहेको छ ।
भिडियोलाई मुस्कान ढकालले निर्देशन गरेका हुन् भने छायाङ्कन नवराज उप्रेतीले गरेका हुन् । लम्जुङ स्थायी घर भएकी बरालले नरिसाउन होइ, खानदानी छोरीलगायतका गीत बजारमा ल्याइसकेकी छन् ।