भूकम्प पीडितको उद्धार तथा पुनर्स्थापनाको लागि कांग्रेसको ५० लाख सहयोग
काठमाडौँ:नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनस्र्थापनाका लागि सरकारको कोषमा ५० लाख रुपैयाँ उपलव्ध गराउने निर्णय गरेको छ ।
शनिबार कांग्रेसका केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर सहयोग गर्ने जानकारी दिएका छन् ।
विज्ञप्तीमा भनिएको छ ‘स्वदेश तथा विदेशमा भएका सबैलाई तन, मत तथा धनको साथ खुल्ला ह्दयले मानविय सेवाको अभियानमा जुटन आग्रह गर्दछ ।’ शुक्रवार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामी डाँडा केन्द्रबिन्दु भई ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

Share on Twitter