स्वास्थ्य बिमा बोर्डका ५ जना सदस्यले राजीनामा दिए
काठमाडौं:स्वास्थ्य बिमा बोर्डका ५ जना सदस्यले सामूहिक राजीनामा दिएका छन् । मंगलबार उनीहरुले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई सामूहिक राजीनामापत्र बुझाएका हुन्।
बोर्डका मनोनित सदस्यहरु डा. सुरेश तिवारी, डा.तारा साह, चन्द्र थापा, टीका चापागाई भट्टराई र इन्द्रकला राईले सामुहिक राजीनामा बुझाएका हुन् । ९ महिनादेखि बोर्ड अध्यक्ष नियुक्त नगरेको, बीमा कार्यक्रम गिजोल्न गलत मनसायले कार्यकारी निर्देशकलाई निलम्वन गरेको, आवश्यक जनशक्ति व्यावस्थापन नगरेको उनीहरुको आरोप छ ।

Share on Twitter