स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा उपाध्याय नियुक्त
काठमाडौं:स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा मदन उपाध्याय नियुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख रहेका उपाध्यायलाई थप जिम्मेवारीको रुपमा बोर्डको निमित्त कार्यकारी निर्देशक बनाएका हुन् ।
सरकारले २४ असोजमा बोर्डका कार्कारी निर्देशक डा दामोदर बसौलालाई निलम्वन गरेपछी रिक्त रहेको पदमा उपाध्ययलाई जिम्मेवारी दिएको हो। डा उपाध्यक्ष यसअघि पनि बोर्डको कार्यकारी निर्देशक भएर काम गरेका थिए ।
Share on Twitter