एपोनको अध्यक्षमा महेश प्रधान विजयी, उपाध्यक्षमा बराल दोहोरिए
काठमाडौं : नेपाल औषधि उत्पादक संघ (एपोन)को अध्यक्षमा महेश प्रधान विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी विप्लब अधिकारीलाई १९ मतले पछि पार्दै प्रधान विजयी भएका हुन् ।
श्रेष्ठले ३६ मत प्राप्त गरे भने अधिकारीले १७ मत पाएका छन् । सदस्यहरूमा सुमित चन्द्र श्रेष्ठले सर्वाधिक ४७, निवर्तमान कोषाध्यक्ष प्रभात रुंगटाले ४६ मत, पंकजकुमार तिवारी ४५, पृथ्वीराज राजभण्डारी ४३ मत पाएका छन् ।
त्यस्तै सन्तोष बरालले ४१ मत, शैलेस वैद्य, सुदर्शन खगोली र सजनराज रेग्मीले समान ३९ मत पाएर निर्वाचित भएका छन् । ५३ जना प्रतिनिधिले मतदान गरेकोमा ४८ मत सदर भएको थियो।
यस्तै संघको विधान अनुसार आजै पदाधिकारी समेत चयन भएका छन् । निर्वाचित सदस्यहरुमध्यबाट पदाधिकारी चयन हुने संघको विधानमा उल्लेख छ । जसमा एक कार्यकाल सदस्य भएको व्यक्ती मात्र पदाधिकारी हुन पाउँछ भने एक कार्यकाल पदाधिकारी भएको व्यक्तिले मात्र अध्यक्षमा दाबी गर्न सक्नेछ ।
सोही अनुसार संघको वरिष्ठ उपाध्यक्षमा प्रभात रुङगटा चयन भएका छन् भने उपाध्यक्षमा सन्तोष बराल चयन भएका छन्। रुङगटा यसअघि कोषाध्यक्ष थिए भने बराल उपाध्यक्ष नै रहेका थिए।
संघको महासचिवमा सुदर्शन खेगुली, कोषाध्यक्ष पृथ्वी राजभण्डारी(निजु) चयन भएका छन्। खेगुली र राजभण्डारी भने यसअघि कार्यसमिति सदस्य रहेका थिए। त्यस्तै सदस्यहरूमा सुमितचन्द्र श्रेष्ठ, पंकज कुमार तिवारी, गिरिराज पाठक, दीपक तिक्डेवाल र शैलेश वैद्य चयन भएका छन्।
Share on Twitter