एनआरएनएको केन्द्रीय सचिवमा अष्ट्रेलियाबाट रेग्मीकाे उम्मेदवारी घोषणा (९ बुँदे प्रतिविद्धतासहित)
काठमाडौं :गैर आवासीय नेपाली संघको ११ औँ महाधिवेशनको सरगर्मी बढेको छ । उम्मेदवारी घोषणा र भेटघाटलाई तीव्रता दिएका छन् । आकांक्षा अनुसारको पदमा उम्मेदवारी घोषणा गर्ने र आफ्नो पक्षमा माहौल बनाउन नेतृत्वका आकांक्षीहरु लागेका छन् ।
यसै क्रममा संघको सचिव पदमा अस्ट्रेलियाबाट डा. ज्ञानेन्द्र रेग्मीले उम्मेदवारी दिने तयारी गरेका छन् । एनआरएनए अस्ट्रेलियाका महासचिवको जिम्मेवारी कुशलतापूर्वक समालेका डा रेग्मी एक दशक भन्दा लामो एनआरएनएको अनुभव भएका व्यक्ति हुन् ।
डा रेग्मी विगत १५ वर्षदेखि अस्ट्रेलियाको सिड्नीमा बस्दै आएका छन्। उच्च अध्ययन कालागि सन् २००४ मा जापान पुगेका उनी न्यु जिल्यान्ड हुँदै अस्ट्रेलिया पुगेका हुन् । उम्मेदवारी घोषणा गर्दै उनले एक दशकमा एनआरएनएको सबै गतिविधिहरूमा सहभागी हुँदै आएको र संस्थाको साखलाई बचाउने अभियानको मूल प्रवाहमा रहेर सक्रिय रूपमा लागि रहेको बताए ।
उनले मतदाताले गलत काम भयो भन्ने अवस्था सिर्जना हुन नदिन आफू प्रतिबद्ध रहेको समेत बताए । उनले संसारभर छरिएर रहेका गैर आवासीय नेपाली साथीहरूबिच सञ्जाललाई सदुपयोग गर्दै वैदेशिक रोजगारीमा रहेका नेपालीका समस्याहरूलाई समाधान गर्नको लागि आफूले जानेको ज्ञान र सिपलाई सदुपयोग गर्ने योजना बनाएको बताएका छन्।
Share on Twitter