एनआरएनएको कोषाध्यक्ष पदमा उम्मेदवारी दिने सुदनको घोषणा, यस्ता छन् एजेन्डा
काठमाडौ:गैर आवासीय नेपाली संघ (एनआरएनए) को आसन्न महाधिवेशनमा सुदन कुमार थापाले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले फेसबुकमार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
उनले चुनावी प्रतिस्पर्धा मात्र नभई काम गरेर देखाउन कालागि उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले सबै जना जुटेर एनआरएनएलाई बलियो बनाउनुपर्ने उल्लेख गरेका छन् ।
उनले गैर आवासीय नेपाली संघको केन्द्रीय कार्यालयको आर्थिक प्रशासनलाई चुस्त र दुरुस्त बनाउन, आर्थिक नियमावली र प्रशासनलाई व्यवस्थित गर्न आफूले उम्मेदवारी दिन लागेको उल्लेख गरेका छन् ।
जापानमा रहेका थापा लामो समयदेखि एनआरएनएमा आबद्ध छन् हाल उनी एनसीसी जापानका संयोजक समेत हुन् । एक पटक काम गरेर देखाउने अवसर दिन उनले अपिल गरेका छन् । उनले आफ्ना एजेन्डा समेत सार्वजनिक गरेका छन् ।

Share on Twitter