कोभिड–१९ विरूद्धको खोपमा अनुसन्धान गरेका क्याटलिन कारिको र ड्रयु वेसम्यानलाई नोबेल पुरस्कार
काठमाडौं:यस वर्ष चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार क्याटलिन कारिको र ड्रयु वेसम्यानलाई प्रदान गरिएको छ । कोभिड–१९ विरूद्धको खोपमा प्रयोग भएको प्रविधिमा अनुसन्धान गरेका दुई जना वैज्ञानिकले पुरस्कार पाएका हुन् ।
नोबल पुरस्कार समितिले वैज्ञानिकहरू क्याटलिन कारीको र ड्रयु वेसम्यानलाई ‘मेसेन्जर आरएनए’ भ्याक्सिन बनाउन गरेको खोजका लागि चिकित्सा विज्ञानतर्फको पुरस्कार दिने घोषणा गरेको हो।
सन् १९५५ मा हंगेरीको स्जोल्नोकमा जन्मिएकी कारीको अहिले हंगेरीको जेगेड युनिभर्सिटी र अमेरिकाको युनिभर्सिटी अफ पेन्सिलभेनियामा आवद्ध छिन्।
यस्तै १९५९ मा अमेरिकाको लेक्जिङटनमा जन्मिएका वेसम्यान पनि अहिले युनिभर्सिटी अफ पेन्सिलभेनियामै आवद्ध छन्। नोबल पुरस्कार विश्वकै चर्चित पुरस्कार हो ।
सन् १८९५ मा स्वीडेनका वैज्ञानिक अल्फ्रेड नोबेलको नाममा स्थापित यो पुरस्कार भौतिक, रसायन, साहित्य, शान्ति, क्रिया विज्ञान तथा चिकित्सा, र अर्थशास्त्र विधामा प्रदान गरिने गरेको छ ।
Share on Twitter