केएमसी सिनामंगलमा इन्टर्न डाक्टरमाथि कुटपिट
काठमाडौं:सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा डाक्टरमाथि आक्रमण भएको छ । दिउँसो साढे १२ बजेतिर इन्टर्नका डाक्टर मनिष खड्कामाथि कुटपिट भएको जनाइएको छ ।
डाक्टरमाथी कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गुल्मी घर भई काठमाडौं चाबहिल बस्ने २२ वर्षीय रुपक गौतम र गुल्मी घर भई सिनामंगल बस्ने ३४ वर्षीय सरोज गौतम रहेका छन् ।
डाक्टरमाथि कुटपिट भएपछि केएमसीमा कार्यरत स्वाथ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन्। केएमसीका आवासीय चिकित्सक डा सरोज कार्कीले नेफ्रो ओपिडीमा बढी भिड भएको र एक छिन हुलमुल नगर्नुस भनेर सम्झाउँदा घटना भएको बताए ।
‘नेफ्रो ओपिडी मिर्गौैला सम्वन्धी जाँचका लागि बिरामी लिएर आएको तीन चार जनाको समूह थियो । भित्र एकदमै भिड भएपछि पालै पालो आउनु होला । एक छिन सबै जना बाहिर जानुहोस भनेर डा खड्काले बाहिर निकाल्दा हामीमाथि हातपात भयो’ घटनाको बिरोधमा अस्पतालका आवासीय चिकित्सक, इन्टर्न तथा विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् ।
Share on Twitter