१०३ प्रकारका एन्टिवायोटिक औषधी नेपालमा बेच्न नपाइने (सूचीसहित)
काठमाडौं:औषधि व्यवस्था विभागले १ सय ३ प्रकारका औषधि नेपालमा दर्ता तथा नविकरण नगर्ने भएको छ । विश्व स्वास्थ्य संगठनले सिफारिस नरेका १ सय ३ प्रकारका एन्टिवायोटिक औषधिलाई नेपालमा विक्रि वितरणमा रोक लगाएको हो ।
विभागले एक सूचना जारी गर्दै विश्व स्वास्थ्य संगठनवाट सुचिकृत सिफारिस नगरिएका १ सय ३ प्रकारका प्रतिजैविक औषधि (नट रिकोमेन्डेट एन्टिवायोटिक्स)को सूची प्रकाशित गरेको छ । ति औषधिको उत्पादन अनुज्ञापत्र, बजार विक्रि–वितरण प्रमाणपत्र, पैठारीदर्ता प्रमाणपत्र, पैठारी सिफारिस पत्र नबिकरण नगर्ने यस्तै सो समिश्रण उत्पादन गर्ने प्रयोजनार्थ कच्चा पदार्थको प्रमाणपत्र नबिकरण–परिमाण वृद्धि नगर्ने–नगराउने जनाएको हो।
‘प्रतिजैविक प्रतिरोधलाई न्यूनीकरण गर्न, रोकथाम गर्न तथा नियन्त्रण गर्न नेपाल सरकारले प्रतिजैविक प्रतिरोधको विश्वब्यापी कार्य योजनासंग मेल खाने गरी “एक स्वास्थ्य“ अवधारणा (वान हेल्थ एप्रोच) अनुरुप प्रति–जैविक प्रतिरोधबाट हुने बिरामी दर, मृत्यु दर र आर्थिक असरलाई प्रभावकारी रुपले कम गर्न राष्ट्रिय कार्ययोजना ‘नेशनल एक्सन प्लान–एएमआर’ तयार गरि स्वीकृतिको अन्तिम चरणमा रहेको साथै, श्री विश्व स्वास्थ्य संगठनले सन् २०२१ मा १०३ प्रकारका सिफारिस नगरिएका प्रतिजैविक (नट रिकोमेन्डेट एन्टिवायोटिक्स) औषधिहरु, र समिश्रणहरुको सूची प्रकाशन गरेको अवस्था छ।‘ सूचनामा उल्लेख छ ।
यस्तै हाल बजारमा उत्पादन भई वा आयात भई उपलब्ध रहेका वा उत्पादनको चरणमा रहेका सिफारिस नगरिएका प्रतिजैविक औषधि एवं समिश्रणहरुको हकमा निर्णय भएको मितिले बढीमा ६ महिनासम्म मात्र बजारमा उपलब्ध रहने गरि ब्यवस्था मिलाउन सूचनामा भनिएको छ ।
६ महिनाको अवधि पश्चात बजारमा उपलब्ध रहेका त्यस्ता प्रतिजैविक औषधिहरुको मौज्दात फिर्ता लिई सो को आधिकारिक विवरण विभागमा पेश गर्ने र सम्वन्धित प्रमाणपत्रहरु फिर्ता गरी नियमानुसार रद्ध गर्ने जनाइएको छ ।
सुचानामा यस्ताे छ : ौः
क. विभागमा दर्ता भएका र नभएका बिश्व स्वास्थ्य संगठनवाट सिफारिस नगरिएका प्रतिजैविक औषधिको समिश्रणहरु र सो औषधिहरुको समिश्रण उत्पादन कार्य गर्ने प्रयोजनार्थ कच्चा पदार्थहरुको थप-नयाँ दर्ता, थप नयाँ पैठारी दर्ता र पैठारी सिफारिस प्रमाणपत्र प्रदान नगर्ने-नगराउने।
ख. विभागमा दर्ता भएका त्यस्ता प्रतिजैविक औषधिको समिश्रणहरुको उत्पादन अनुज्ञापत्र, बजार विक्रि -वितरण प्रमाणपत्र, पैठारीदर्ता प्रमाणपत्र, पैठारी सिफारिस पत्र नबिकरण नगर्ने, सो समिश्रण उत्पादन गर्ने प्रयोजनार्थ कच्चा पदार्थको प्रमाणपत्र नबिकरण-परिमाण वृद्धि नगर्ने/नगराउने।
ग. विभागमा दर्ता भएका त्यस्ता प्रकारका प्रतिजैविक औषधिहरुको कच्चा पदार्थ र Primary & Secondary प्याकिङ सामग्रीको मौज्दात विभागमा पेश गर्ने र निर्णय मितिबाट लागु हुने गरि स्वदेशी उद्योगले त्यस्ता प्रकारका औषधिहरुको थप उत्पादन नगर्ने र आयातकर्ताहरुले पनि सो औषधिहरु थप आयात कार्य नगर्ने।
घ. हाल बजारमा उत्पादन भई वा आयात भई उपलब्ध रहेका वा उत्पादनको चरणमा रहेका सिफारिस नगरिएका प्रतिजैविक औषधि एवं समिश्रणहरुको हकमा निर्णय भएको मितिले बढीमा छ (६) महिनासम्म मात्र बजारमा उपलब्ध रहने गरि ब्यवस्था मिलाउने।
ङ. छ (६) महिनाको अवधि पश्चात बजारमा उपलब्ध रहेका त्यस्ता प्रतिजैविक औषधिहरुको मौज्दात फिर्ता लिई सो को आधिकारिक विवरण विभागमा पेश गर्ने र सम्वन्धित प्रमाणपत्रहरु फिर्ता गरी नियमानुसार रद्ध गर्ने।
-(1)-1694939682.jpg?resize=720%2C1030&ssl=1)
दर्ता तथा नविकरण नहुने औषधिहरुको सूचि :



Share on Twitter