सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल ललितपुरबाट पक्राउ
काठमाडौं:पोखराको सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल ललितपुरबाट पक्राउ परेका छन्। उनीसहित सात जना सहकारीका पदाधिकारीविरूद्ध प्रहरीले कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो।
सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जिबी) राईविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। उनी ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक हुन्। बचतकर्ताको अर्बौं रकम हिनामिना गरेको र रकम फिर्ता नगरेको आरोप उनीहरूमाथि छ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा सहकारीका सञ्चालक समितिका पदाधिकारीहरूविरूद्ध ९७१ जनाले जाहेरी दिएको डिएसपी श्रवणकुमार विकले बताए। उनीहरूले एक अर्ब आठ करोड बढी रकम हिनामिना गरेको आरोप छ। कास्की प्रहरीमा परेको जाहेरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले रम्तेललाई पक्राउ गरेको हो। उनलाई थप कारबाहीका लागि कास्की पठाइएको छ ।
Share on Twitter