किओचका लागि गायिका आनी छोइङ डोल्मा को १ करोड ८० लाख सहयोग
काठमाडौं:गायिका आनी छोइङ डोल्माले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)का लागि १ करोड ८० लाख रुपैयाँ सहयोग गरेकी छन्।
वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइराला नेतृत्वमा बन्दै गरेको किओचका लागि उनले आफ्नो नाममा स्थापित संस्था आनी छोइङ डोल्मा फाउन्डेशनको नामबाट सो रकम किओचलाई हस्तान्तरण गरेकी हुन्।
सोमबार काठमाडौँमा आयोजित सहयोग रकम हस्तान्तरण कार्यक्रममा आनीले आफ्ना सांगितिक गुरु एवं कवि दुर्गालाल श्रेष्ठको हातबाट प्राडा कोइरालालाई चेक हस्तान्तरण गरिन्। कार्यक्रममा डा कोइरालाले नेपालमा बाल स्वास्थ्यको अवस्थाबारे जानकारी दिएका थिए। एक हजार बालबालिका जन्मिदा उपचार नपाएर ३३ जनाको मृत्यु हुने उनले बताए ।
नेपालको कुल जनसंख्याको ३६ प्रतिशतभन्दा बढी संख्यामा रहेका बालबालिकाहरूलाई सुलभ रुपमा गणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने तथा बाल स्वास्थ्यका विषयमा अनुसन्धान गर्ने उद्देश्यले गैर नाफामूलक संस्थाका रूपमा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) को स्थापना भएको हो ।
Share on Twitter