कृष्णबहादुर महराका छोरा राहुल पक्राउ
५ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं:भेपमा सुन लुकाएर तस्करी गरेको प्रकरणमा राहुल महरा पक्राउ परेका छन् । विद्युतीय चुरोट (भेप) मार्फत भएको करिब ९ किलो सुन तस्करीमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुललाई बुधबार पक्राउ गरेको हो ।
जिल्ला अदालत, काठमाडौंले राहुल महरालाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । प्रहरीले १० दिन समय मागेको थियो । तर अदालतले ५ दिन दिएको छ ।
Share on Twitter