मंगलबार पनि घट्यो शेयर बजार
काठमाडौं:केही दिनयता शेयर बजार सूचक निकै सुस्त छ । आज पनि बजारमा उत्साह देखिएन र नेप्से सूचक ५.०५ विन्दुले घटेर १९९३.४२ अंकमा पुगेको छ ।
आज कारोबार भएका मध्ये २ वटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा ८६ करोड ५१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सूचीकृत ४ समूह मात्र सकारात्मक बनेका छन् ।
आज २७८ कम्पनीको ४० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३ करोड ६२ लाख रुपैयाँसहित कारोबार रकममा माछापुच्छे बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आइएमई लाइफ इन्सुरेन्स र नेपाल टेलिकम परेका छन् ।
बजारमा निकै निराशाजनक कारोबार देखिएको शेयर विश्लेृषकहरु बताउँछन्, उनीहरुका अनुसार अहिलेको बजार न तल न माथिको अवस्थामा छ, १९ सय ९० भन्दा तल पनि नजाने अनि २ हजार अंक पार गरेर माथि जान पनि नसक्ने अवस्थामा बजार छ । नेपाल राष्ट्र बैंकले बजारलाई लक्षित गरेर केही प्रावधानहरु ल्याएमा मात्र बजार सकारात्मक हुने विश्लेषकहरुको बुझाई छ ।
Share on Twitter