बागमतीमा गाडी भाडा बढ्यो
काठमाडौं :बागमती प्रदेशले बिहीबारदेखि गाडी भाडा बढाएको छ । इन्धनको मुल्य बढेसँगै भाडा पनि बढाएको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले बिहीबार निकालेको प्रदेश राजपत्र अनुसार उपत्यका बाहिर बागमती प्रदेशमा चल्ने यात्रुबाहक सवारीमा ५ दशमलव ३१ प्रतिशत भाडा बढेको हो ।
मालबाहक सवारी साधन (ट्रक)मा ७ दशमलव ७७ प्रतिशत अर्थात १३ रुपैयाँ ७४ पैसा प्रतिकिमी/प्रतिटनबाट बढेर मालबाहक सवारीमा प्रतिकिमी प्रतिटनको भाडा १४ रुपैयाँ ८० पैसा पुगेको हो ।
इन्धनको स्वचालित मूल्य अनुसार बागमती प्रदेशमा चल्ने ट्याक्सीको भाडा पनि बढेको छ । ट्याक्सीमा चढ्नेवित्तिकै ५२ रुपैयाँ भाडा लाग्ने भएको छ ।
कुन रुटमा कति भाडा ?
Share on Twitter