वाग्नर प्रमुख प्रिगोजिन मारिएको पुष्टि
विमान दूर्घटना भनिए पनि योजनावद्ध रुपमा प्रिगोजिनक...
एजेन्सी रुसको उत्तर-पश्चिम मस्कोमा भएको विमान दुर्घटनामा वाग्नर सेना प्रमुख येभगेनी प्रिगोजिन मारिएको पुष्टि भएको छ।
उक्त विमानमा सात यात्रुसहित तीनजना चालक दलका सदस्य थिए र सबैको मृत्यु भएको छ । सबै शव बरामद गरी पहिचान भइसकेको छ ।
रुसको उड्डयन निकायले सात जना यात्रुको पहिचान गरी उनीहरुको नाम दिएको छ ।
प्रिगोजिनसँगै उनका नजिकका सहयोगी दिमित्री उत्किन, सर्गेई प्रोपुस्टिन, येभगेनी मकर्यान, अलेक्जेन्डर टोटमिन, भ्यालेरी चेकालोफ र निकोलाई मातुसेयेभको पनि दुर्घटनामा मृत्यु भएको छ ।
दिमित्री वाग्नर समूहका सहसंस्थापक हुन् । चालक दलका सदस्यहरू क्याप्टेन एलेक्सी लेभ्सिन, को-पाइलट रुस्तम करिमोभ र उडान परिचर क्रिस्टिना रास्पोपोभा को पनि मृत्यु भएको छ ।
वाग्नर समूह र पश्चिमा देशले रुसले नै प्रिगोजिन चढेको विमान खसालेको आरोप लगाएका छन् । विमान दूर्घटना भनिए पनि योजनावद्ध रुपमा प्रिगोजिनको हत्या गर्न रुसी सेनाले खसालेको अनुमान गरिएको छ ।
यस वर्ष जुनमा प्रिगोजिनको नेतृत्वमा वाग्नरको सेनाले रूसमा विद्रोह गर्ने असफल प्रयास गरेको थियो ।
Share on Twitter