हप्ताको कारोबार हुने अन्तिम दिन घट्यो नेप्से
काठमाडौं: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) हप्ताको कारोबारको अन्तिम दिन आज दोहोरो अंकले घटेर बन्द भएको छ । पछिल्ला २ कारोबार दिन लगातार बढेको सेयर बजारमा कारोवार हुने हप्ताको अन्तिम दिन भने घटेको छ ।
बिहीबार बजार परिसूचक नेप्से ३१.५२ अंकको उच्च गिरावट हुँदा २०१३.९३ को विन्दुमा बन्द भएको छ । बुधबारको तुलनामा बिहीबार नेप्से १.५४ प्रतिशतले गिरावट भएको हो । नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने डेढ अर्ब नाघेको छ ।
बिहीबार नेप्सेमा ४० हजार ८०० वटा कारोबारमा ४६ लाख ५७ हजार १३७ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ५५ करोडको कारोबार भएको छ ।
बिहीबार नेप्सेमा कुल २२७ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा २०६ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । १७ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ४ कम्पनीको स्थिर छ ।
Share on Twitter