इन्जिनियरिङ पढ्ने शुल्क वृद्धि
काठमाडौं : इन्जिनियरिङ अध्ययन संस्थाले चार वर्षे बीई तथा बी आर्कतर्फको शुल्क वृद्धि गरेको छ ।संस्थानको कार्यान्वयन समितिको साउन २५ गतेको निर्णयअनुसार शुल्क वृद्धि गरिएको संस्थानले जनाएको छ ।
वृद्धि गरिएको शुल्कबाट संस्थानले सोमबार राति मात्रै सार्वजनिक गरेको थियो । बढाइएको शुल्क अनुसार अब पूर्ण शुल्कीय तर्फ चार वर्षको ७ लाख ७५ हजार ४२० रुपैयाँ तोकिएको छ ।
त्यस्तै नियमित तर्फ ८२ हजार ७२० रुपैयाँ पुर्याइएको छ । यसअघि नियमित तर्फको ३५ हजार रुपैयाँ शुल्क तोकिएको थियो । भने पूर्ण शुल्कीय तर्फ ३ लाख ३० हजार रुपैयाँ थियो । अहिले आएर संस्थानले २३५ प्रतिशतले शुल्क बढाइएको हो । संस्थानले २७ वर्षपछि पहिलो पटक शुल्क बढाएको हो ।

Share on Twitter