हप्ताको अन्तिम कारोबार दिन नेप्से बढ्यो
काठमाडौं : हप्ताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । सोमबारदेखि लगातार ३ दिन घटेको नेपसे बिहिबार ८.०१ अंकले वृद्धि भएर २०३३.१३ को बिन्दुमा बन्द भएको छ ।
बिहीबार म्यचुअल फण्ड बाहेक सबै उपसूचकमा वृद्धि भएको छ । आज एक अर्ब ५४ करोड १३ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका १३५ कम्पनीको शेयरमूल्य बढेको छ भने ७८ कम्पनीकोे शेयरमूल्य घटेको छ ।
१२ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । बिहीबार नेप्सेमा कारोबार भएका मध्ये सोल्टी होटलको सेयर सर्वाधिक १३ करोड ७१ लाखको किनबेच भएको छ । यस्तै आईएमई लाइफ इन्स्योरेन्सको सेयर ७ करोड ७९ लाखको कारोबार हुँदा घोराही सिमेन्टको ५ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
Share on Twitter