एमालेले गर्यो लेखा समितिको बैठक बहिष्कार
समितिको नेतृत्व चयन नभएसम्म बैठकमा नजाने
काठमाडौं : नेकपा एमालेले लेखा समितिको बैठक बहिष्कार गरेको छ । एमालेले बैठक बहिस्कार गरेपछि आज दिउँसो १ बजे बोलाइएको बैठक स्थगित भएको छ । कोरम नपुगेपछि बैठक स्थगित भएको जनाइएको छ ।
एमालेले समितिको नेतृत्व चयन गर्नुपर्ने माग राखेको छ । संसदीय समितिको नेतृत्व चयन नभएपछि असन्तुष्टि जनाउँदै समितिको बैठक बहिष्कार गरेको हो । आज बोलाइएको बैठकमा आफूहरु जाँदै नगएको एमालेका सांसद योगेश भट्टराई बताए ।
यसअघिकै बैठकमा एमालेको तर्फबाट सांसद भट्टराईले नेतृत्व चयन नभएसम्म आफूहरु नआउने बताएका थिए ।
Share on Twitter