कार्यवाहक महालेखापरीक्षकको जिम्मेवारी महेश्वर काफ्लेलाई
काठमाडौं: वरिष्ठ उप–महालेखपरीक्षक महेश्वर काफ्लेले कार्यवाहक महालेखापरीक्षकको जिम्मेवारी पाएका छन् । कार्यवाहक महालेखापरीक्षक राममाया कुँवरले अवकास पाएपछि काफ्लेले कार्यवहाकको जिम्मेवारी पाएका हुन् ।
महालेखापरीक्षक टंकमणि शर्मा ६ वर्षे कार्यकाल पुरा गरेर अनिवार्य अवकाशमा गएपछि उनले साउन २२ गतेसम्म साढे दुई महिना कार्यवाहक महालेखापरीक्षकको जिम्मेवारी सम्हालेकी थिइन् ।
संवैधानिक निकाय कार्य सञ्चालन नियमावली अनुसार महालेखापरीक्षकको कार्यालयमा कार्यरत ज्येष्ठ उपमहालेखापरीक्षकमध्ये ज्येष्ठ उपमहालेखापरीक्षकले कार्यवाहक महालेखापरीक्षकको जिम्मेवारी सम्हाल्ने कानूनी व्यवस्था छ । सोही व्यवस्थाहनुसार काफ्लेले जिम्मेवारी पाएका हुन् ।
Share on Twitter