घट्याे सुनको भाउ, कति पुग्यो?
काठमाडौं: नेपाली बजारमा सुनको भाउ घटेको छ । आज तोलामा ८ सय रुपैयाँले घटेर १ लाख ११ हजार चार सय रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख ११ हजार दुई सय रुपैयाँ रहेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ८५० रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।
हिजो चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ३७० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।
Share on Twitter