‘घन्काइदेउ मादलु’ बोलको गीत सार्वजनिक
काठमाडौं : हिन्दु महिलाको महानपर्व हरितालिका तीज आउँन एक महिना बाँकी छ। तर, तीजका गीतहरु भने बजारमा आउन सुरु भइसकेकाे छ । गायक तथा सर्जक श्रीकृष्ण क्षेत्रीको शब्द संगीतमा शान्तीश्री परियारको स्वरमा ‘घन्काइदेउ मादलु’ बोलको गीत सार्वजनिक भएको छ।
तीजको बेला साथीसंगी भेटेर नाच्दैगाउँदै रमाइलो गरेको विषय मुख्य बनाइएको छ। गीतमा अन्जना केसी, निलास शर्मा, आरुसी मगर, टिका जैशी, बबिता श्रेष्ठ र जुनु एसडीको अभिनय तथा नृत्य देख्न सकिन्छ। सर्जक क्षेत्रीलाई राम्रो गायककमा रुपमा पनि चिनिन्छ।
उनले बजारमा ल्याएका सबै गीतलाई दर्शकश्रोताले अत्यधिक रुचाएका छन्। यो वर्षमात्रै पीर अहिलेसम्म उनले तीज गीत २ वटा बजारमा ल्याएका छन्। यो भन्दा अगाडि गायिका उमा श्रेष्ठको स्वरमा ‘पापाकी परि’ बजारमा ल्याएका थिए।
Share on Twitter