एनकाको अध्यक्षमा नवलपुरका श्याम पराजुलीको उम्मेदवारी
काठमाडौ:एशोसिएसन अफ नेपलिज इन केन्टकी अमेरिका (एनका)को अध्यक्षमा नवलपुरका श्याम पराजुलीले उम्मेदवारी दर्ता गरेका छन् । एनकाको आगामी २०२३—२०२५ कार्यकालकालागि पराजुलीले उम्मेदवारी दिएका हुन् ।
अगष्ट १३ मा हुने निर्वाचनकालागि पराजुलीले ९ बुँदे प्रतिबद्धतापनि सार्वजनिक गरेका छन् । केनटकीमा रहेका नेपाली समुदायको क्षमता वृद्धि देखी उनीहरुको शिक्षा स्वास्थ्य लगायत कानुनी परामर्श र सहायता गर्ने उनको प्रतिबद्धता छ । उनले सामाजिक सञ्जालमार्फत मत समेत मागेका छन् ।

Share on Twitter