बस सेवाको अफर : हरेक दिन १० जनालाई निशुल्क यात्राको अवसर
काठमाडौं : नेपालको एक मात्र अनलाइन बस टिकटिङ्ग सेवा प्रदायक बस सेवाले हरेक दिन १० जनालाई निशुल्क यात्राको अवसर दिने भएको छ । १० औँ बार्षिक उत्सवको अवसरमा बस सेवा डट कम मार्फत टिकट काटेर यात्रा गर्नेमध्यबाट १० जनालाई निशुल्क यात्राको अवसर दिने बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पि.आर. खनालले जानकारी दिए ।
गोलापर्थाको माध्यमबाट यात्रुहरुको नाम छान्ने उनको भनाइ छ । बस सेवाले दशदिनसम्म हरेक दिन दशजनाले निशुल्क यात्रा गर्न सक्ने अफर सार्बजनिक गरेको छ । हरेक दिन गोलाप्रथा मार्फत १० जनालाई शतप्रतिशत क्यासब्याक प्रदान गरिने जनाईएको छ ।
क्यास ब्याक पाउने यात्रुको नाम बस सेवा डटकमको आधिकारिक फेसबुक पेजमा सार्बजनिक गर्ने उनले जानकारी दिए । यातायात क्षेत्रलाई प्रविधिसँग जोड्जने आफुहरुको उधेश्य रहेको प्रमुख कार्यकारी अधिकृत खनालले बताए । उनी भन्छन् “बससेवा डटकमले यातायात क्षेत्रलाई प्रविधिसँग जोड्दै यात्रुहरूलाई अनलाइन मार्फत टिकट प्रदान गर्ने उद्देश्यले आफ्नो सेवा सुरु गरेको हो ।
आगामी दिनमा हामीले हाम्रो सेवालाई थप प्रभावकारी बनाउँदै आम यात्रुलाई सहज हुनेगरी सेवा विस्तार गर्दै जानेछौँ ।” हाल दैनिक ३ हजार भन्दा बढी यात्रुले बससेवा मार्फत टिकट काटी यात्रा गर्दै आएको कम्पनीका बजार ब्यवस्थापक कमल प्रसाद गौतमले बताए । उनले यात्रुहरुको सहजताकालागि काठमाडौँको ढुङ्गेअड्डामा प्यासेञ्जर लाउञ्ज समेत सञ्चालनमा ल्याएको जानकारी दिए । साथै उनले काठमाडौंको कोटेश्वर र काठमाडौं बाहिरका मुख्य मुख्य शहरमा समेत प्यासेञ्जर लाउञ्ज बिस्तार गर्ने योजना रहेको सुनाए ।
सोही लाउञ्जमा यात्रुहरूलाई वाइफाइ, खानेपानी लगायतका सुविधा रहेका छन् । साथै उक्त लाउञ्जमा बस सेवा मार्फत टिकट नलिएका यात्रुहरुले समेत सेवा लिइरहेको जानकारी दिए । आगामि दिनमा पर्यटन क्षेत्रको विकासकालागि आन्तरिक टुर प्याकेज संचालन गर्ने तयारी भइरहेको समेत ब्यवस्थापक गौतमले बताए । बससेवा डटकमले नेपालभरका अधिकांश रुटहरूमा सेवा प्रदान गर्दै आएको छ भने भारतका नयाँ दिल्ली, बोधगया, मुजफ्फरपुर लगायतका शहरमा समेत अनलाइन टिकट बुकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
बस सेवा टुर्स एण्ड ट्राभल्स् अन्तर्गत रहेर वि.सं. २०७१ साउन २१ गतेबाट आफ्नो सेवा सुरु गरेको हो । मोबाइल एप मार्फत बस सेवा डाउन्लोड गर्न सकिने छ भने अन्य पेइङ एपबाट पनि बससेवा मार्फत बसको टिकट काट्न सकिने कम्पनीले जनाएको छ ।
यो लिङ्कमा क्लिक गर्नुहोस् बस सेवा बुझ्नुहोस् :
Share on Twitter